बाजुरामा मतपत्रमा आगो लगाइयो
काठमाडौं, मंसिर ४ । बाजुरामा मतपत्रमा आगो लगाइएको छ । बाजुराको स्वामिकार्तिक थापर गाउँपालिकामा रहेको मतदान केन्द्रमा समानुपातिकतर्फको मतपेटिकामा नै आगो लगाइएको हो ।
प्रदेशसभाको समानुपातिकतर्फ ‘क’ बुथमा ब्याले बक्सभित्रै मतपत्रमा आगो लगाइएको हो । आगो कसले लगाएको हो भन्ने खुल्न सकेको छैन ।
स्वामिकार्तिक फापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायले ब्यालेटबक्समा आगो बलिसकेपछि मात्र देखिएको जानकारी दिएका छन् । कसले आगो लगाएको भन्ने खुलेको छैन् । अहिले त्यहाँ मतदानको सम्पूर्ण प्रकिया रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्