कैलालीका ११ स्थानमा विस्फोटक वस्तु फेला, डिस्पोज गर्दै सेना

काठमाडौं, मंसिर ४ ।  कैलालिका ११ स्थानमा विस्फोटक बस्तु फेला परेका छन्। ११ वटै स्थानमा फेला परेका बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ।

हालसम्म मानवीय तथा भौतिक क्षेतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले बताए।

टीकापुरका चार स्थान, लम्कीको एक स्थान, भजनीको एक स्थान, कैलारी गाउँपालिकाको एक स्थान र गौरिगंगाको दुई स्थानमा विस्फोटक बस्तु फेला परेको प्रहरीले जनाएको छ।

धनगढीस्थित शारदा माविको बाहिर विस्फोटक बस्तु पड्किएको छ। उक्त बस्तु केहो भन्ने बारेमा नेपाली सेनाले स्याम्पलको नमुना लगेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ। शारदा मावि मतदान स्थल हो।

डैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम भने सेनाले डिस्पोज गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्