रौतहटमा २ मतदान केन्द्र नजिकै हवाई फायर

काठमाडौं , मंसिर ४ । रौतहट क्षेत्र नम्बर ३ मा मतदानाका क्रममा दुई स्थानमा आज आइतबार हवाई फायर गरिएको छ ।

जिल्लाको गुजरा नगरपालिका र गरुडामा हवाई फायर गरिएको हो । गुजराको कनकपुर मावि मतदान केन्द्र नजिकै एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्र नजिकै दुई राउन्ड हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले ईमेज खबरलाई जानकारी दिए ।

मतदान गर्ने क्रममा विवाद हुँदा हवाई फायर भएको उनले बताए । तर दुवै मतदान केन्द्रमा मतदान भने भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्