देशै चुनावमय: मत गणना आजै रातिबाट सुरु हुने
काठमाडौं, मंसिर ४ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहानैबाट मतदान शुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट देशभर मतदान शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउने छन् ।
त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ४ लाख ५० हजार अस्थायी मतदाता छन् । प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज आइतबार राति ९ बजेदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् ।
आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उहाँले प्रतिनिधि र प्रदेश सभा सदस्यको मतदान गर्दै यस्तो बताएका हुन । आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए ।
उनले आइतबार साँझ ५ बजे मतदान कार्य सम्पन्न हुना साथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आइतबार राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए ।
उनले हिमाली जिल्लामा मतपेटिकाहरु आइतबार नै जम्मा गर्न नसकिने भएकाले सोमबार बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकोप्टरबाट मतपेटिका संकलन गरी सोमबार ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए । उ
नले प्रत्यक्षतर्फको नतिजा ८ दिन भित्रमा प्रकाशित गर्ने बताउँदै मंसिर २२ गते भित्रमा सबै नतिजा आउने उल्लेख गरे । आइतबार बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान सुरु भएको छ ।















प्रतिक्रिया दिनुहोस्