निर्वाचन पर्यवेक्षण गर्न आइपुग्यो कोरिया र माल्दिभ्सको टोली

काठमाडौं, मंसिर २ ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली शुक्रबार काठमाडौं आइपुगेको छ।

दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली काठमाडौं आइपुगेको हो।

उता मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टोली पर्यवेक्षणका लागि आएको छ।

निर्वाचन आयोगका तर्फबाटसहसचिव विश्वप्रसाद अर्याल, उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष खत्रीले उनीहरुलाई स्वागत गरे।

निर्वाचन पर्यवेक्षणका लागि शुक्रबारै भारत, बंगलादेश र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितका टोलीहरु पनि आउँदैछन्।

 

प्रतिक्रिया दिनुहोस्