गाजाको आवासीय भवनमा भीषण आगलागी,  सात बालबालिकासहित २१ जनाको मृत्यु

काठमाडौं, मंसिर २ ।  उत्तरी गाजापट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस घटनामा परी ३० जनाभन्दा बढी घाइते भएकाे सुरक्षा र चिकित्सा स्रोतहरुले बताएका छन् ।

जबलिया शरणार्थी शिविरको ताल–जातर क्षेत्रमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको इन्डोनेसियाली अस्पतालका निर्देशक सलाह अबु लैलाले जानकारी दिएका छन् ।

प्यालेस्टिनी सिभिल डिफेन्सले एक विज्ञप्तिमा उद्धार टोली र धेरै सुरक्षाकर्मी घटनास्थलमा पठाएको घोषणा गरेको छ । प्यालेस्टिनी प्रत्यक्षदर्शीहरुले आगो नियन्त्रण गर्न एम्बुलेन्स र सिभिल डिफेन्सका कर्मचारीहरूले घण्टौंसम्म काम गरिसकेको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले भवनभित्र ठूलो मात्रामा भण्डारण गरिएको इन्धनका कारण आगलागी भएको हुनसक्ने संकेत गरेको गाजाको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्