मतदानका लागि काठमाडौंबाट गाउँ फर्किनेहरूको भीड , ७ लाखले उपत्यका छाड्दै

काठमाडौ, मंसिर २ । मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको यति बेला भीड लागेको छ। काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो।

काठमाडौं उपत्यकाबाट बाहिरिने नाका तथा बसपार्कहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ। कतिपय जिल्ला तथा निर्वाचन क्षेत्रले गडी रिजर्भ गरेर मतदाता ओसार्ने काम पनि गरिरहेका छन् ।

काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ। ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित पनि देखिएका छन् ।

त्यस्तै आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ का लागि ७ लाख बढी मतदाताहरूले उपत्यका छाड्ने भएका छन् । निर्वाचनमा भोट हाल्नकै लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट काठमाडौं आएका मतदाताहरू आ–आफ्नै क्षेत्रमा फर्किने भएका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबारसम्ममा करिब ६ लाख यात्रुहरूले उपत्यका छाडेका छन् ।कात्तिक २५ गतेदेखि मतदाताहरूले उपत्यका छाड्न थालेकोमा मंसिर ३ गतेसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालेजानकारी दिए ।

सिटौलाका अनुसार चुनावकै लागि विभिन्न पार्टीहरूले र व्यक्तिगत खर्चमा समेत गाडी रिजर्भ गरेर मतदाताहरूलाई जिल्ला जिल्लामा र स्थानीय निर्वाचन क्षेत्रमा लैजाने काम भइरहेको छ ।

जसका कारण पछिल्ला दिनहरुमा सरदर दैनिक सञ्चालन हुने गाडीहरूको तुलनामा ५० प्रतिशत बढीले माग बढेको र साहीअनुसार गाडीहरू सञ्चालन भइरहेको उनले बताए ।

खासगरी चुनावका लागि उपत्यका भित्रका भन्दा लामा रुटका गाडीहरूको प्रयोग बढी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्