ओलीको नेतृत्वमा सरकार बन्ने‍ कुनै सम्भावना छैन, गफाडीलाई मत दिए देश डुब्छ : नेता नेपाल

काठमाडौं , मंसिर १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि केपी ओली नेतृत्वमा सरकार बन्ने‍ कुनै सम्भावना नरहेको बताएका छन्।

कोटेश्वरमा आयोजित चुनावी सभामा नेपालले सो कुरा बताएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताले कारबाही गर्नुपर्ने पनि बताएका छ ।

ओलीले चुनावबाट बहुमत ल्याएपनि मतको उपयोग नगरेको भन्दै झण्डै दुई तिहाइ बहुमतको दुरुपयोग गरेको आरोप उनले लगाए । यसो गर्दा जनताले उनलाई सजाय दिनै पर्छ भन्ने उनले उल्लेख गरे ।नेपालले ओलीप्रति लक्षित गर्दै गफाडीलाई मत दिए देश डुब्ने पनि बताए।

ओलीको चुनावी अभियानमा व्यक्ति पूजाबाहेक अरू केही नभएको नेपालको भनाइ छ। ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको पनि उनले उल्लेख गरे । काठमाडौं(२ मा गठबन्धनले सानदार जित हासलि गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्