केपी ओली गणतन्त्र विरोधी हुन्ः बिमलेन्द्र निधि

काठमाडौं, मंसिर १ । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओली गणतन्त्र र संघियता विरोधी भएको आरोप लगाएका छन्।

लोकतान्त्रिक वाम गठबन्धनले रुपन्देहीमा आयोजना गरेको चुनाविसभालाई सम्बोधन गर्दै नेता निधिले यस्तो आरोप लगाएका हुन् ।

जनताले दुई तिहाई मत दिएको व्यक्तिले जनमतको समेत कदर गर्न नसकी संसद विघटन गर्नु संविधान विरोधी कादम भएको उनले बताए। एमाले अध्यक्ष केपी शर्मा ओली र उनको पार्टी प्रतिगमनकारी रहेको
पनि उनको भनाइ रहेको थियो ।

आसन्न आइतबार हुने आम निर्वाचनमा पनि ओलीले राप्रपासँग गठबन्धन गरेर प्राप्त उपलब्धी र व्यवस्थामाथि नै आक्रमण गर्न खोजेको निधिले बताए ।

संविधान, गणतन्त्र, संघीयता र समावेशिता माथि नै एमाले र ओलीका कारण खतरा रहेकाले काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक वाम गठबन्धन बनाइएको उनले उल्लेख गरे ।

उनले सुकुम्बासी समस्या समाधान गर्नका लागि भूमि आयोग गठन गरिसकेको बताउदै निर्वाचन लगत्तै समस्या समाधान गर्ने पनि प्रतिबद्धता जनाए।

 

प्रतिक्रिया दिनुहोस्