जनताले मलाई प्रधानमन्त्री बन्नुस् भनेका छन्ः प्रकाशमान सिंह

काठमाडौं, कार्तिक ३० । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन्।

बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा नेता सिंहले यस्तो बताएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएको जानकारी दिए।

विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख्य गरेको बताए।

उनले जनताले काठमाडौं, १ मा खानेपानीको समस्या समाधान गर्नेकुरा पहिलो माग राखेको बताउँदै गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको बताए।

आसन्न निर्वाचनमा जित हाँसिल गरेपनछ आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्