लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक: देउवा

काठमाडौं, कार्तिक २९ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे ।

पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए ।

कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्य थप गरेको छ ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिले आज मकवानपुरका राजकुमार जिएमलाई सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) पार्टीका पूर्वउपसभापति श्रेष्ठलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिको संयोजकको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्