चुनावका लागि सरकारले दियो सार्वजनिक बिदा (हेर्नुहोस् सूचना)
काठमाडौं, कार्तिक २९ । आउने मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मतदान स्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिइने भएको हो।
यस्तै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मंसिर ४ र ५ गते बिदा दिइने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना–
प्रतिक्रिया दिनुहोस्