घरदैलोका क्रममा रवि लामिछानेको टोलीमाथि आक्रमण, गाडीमाथि ताेडफाेड

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड भएकाे छ । चितवनमा घरदैलाेकाे क्रममा रहेकाे सभापतिकाे गाडीमाथि आज आइतवार ताेडफाेड भएकाे पार्टीले जनाएकाे छ ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेकाे पार्टीकाे आराेप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीकाे धारणा छ ।

‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेकाे छ ।

लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताएका छन्।

रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको बोहराले जानकारी दिए।

घटनालगत्तै उम्मेदवार लामिछानेले आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्‍यालीमा रहेको बताएका छन्। उनले आक्रमणलाई आफूमाथिको आक्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाए।

उनले कुटपिट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्