ओलीले आज कर्णालीका तीन जिल्लामा चुनावीसभालाई सम्बोधन गर्दै
काठमाडौं, कार्तिक २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार कर्णालीका तीन वटा जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले कालीकोट, दैलेख र सुर्खेतमा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्ने भएका हुन् ।
एमालेले कालीकोटको रास्कोट, दैलेखको जुम्बुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा चुनावीसभाको आयोजना गरेको नेकपा(एमाले) कालीकोटका अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्