भूकम्पबाट त्रसित नेपाल : न सर्तकता, न चुनावी एजेण्डा

काठमाडौं, कार्तिक २४ । नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका छ पटकसम्म भूकम्प गएको हो ।

यता मंगलबार राति डोटी केन्द्रबिन्दु भएर भूकम्प गयो । जिल्लाभर दर्जनौं घर र सार्वजनिक भवनहरुमा क्षति पुगेको सरकारी तथ्याङ्क छ । बझाङमा दुई दर्जनभन्दा बढी घर भत्किए पनि मानवीय क्षति भने भएको छैन ।

भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने बाबा आश्रम आसपास केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्यूडको भूकम्पको धक्काको क्षतिको पूर्ण विवरण आइनसकेको छैन् ।

तर, जिल्ला कारागारको पर्खाल चर्किएको, सदरमुकाम चैनपुर नजिकै भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसका केही भवन चर्किएर छियाछिया भएका छन् ।

थलारा गाउँपालिका १, सिरेटाकी अम्बु दमाइका अनुसार उनीसहित दर्जनौको परिवार भूकम्पबाट पूर्ण रुपमा घर भत्किएपछि विचल्लीमा परेका छन् । खानी, सिरेटा र राउलीमा मात्रै ७० भन्दा बढी घर बस्न नमिल्ने गरी चर्किएको छ ।

फेरि भूकम्प आउँछ कि भनेर स्थानीयहरु डरले घरभित्र पस्न सकिरहेका छैनन् । सर्तकता र पूर्वतयारी नहुँदा डोटी र बझाङका नागरिकहरु जसरी कष्टकर र त्रसित छन् उस्तै त्रास अन्यत्र पनि छ । तर, भूकम्पको जोखिममा नेपाल रहेको जान्दा जान्दै पनि पूर्व तयारी र सतर्कताका सम्बन्धमा राजनीतिक दलहरु गम्भीर भएका छैनन् ।

किनभने २०७२ को विनाशकारी भ्रकम्प र त्यसले पुर्‍याएको क्षेतिको पुननिर्माण नसकिँदा समेत दलहरुले भूकम्पको पूर्वतयारी, सतर्कताका विषयलाई चुनावी एजेण्डा बनाएका छैनन् । २०७२ मा गएको विनाशकारी ७।६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । त्यसबेला भूकम्पबाट २९ जिल्ला बढी प्रभावित भएका थिए ।

डोटीको भूकम्प अगाडिका एक महिनामै पनि पटक–पटक शक्तिशाली भूकम्प गएको छ । सरकारी तथ्याङ्कमा ६ जनाको मृत्यु भएको छ । केही घाइते छन् । भूकम्प मापन केन्द्रकाअनुसार नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो । जुन चार रेक्टर स्केलभन्दा माथिको छ ।

भूकम्प निरन्तर आइरहेको जान्दा जान्दै पनि दलहरुले यसबारे प्रष्ट धारणा नदिएका हुन् । चुनावी घोषणापत्रमा दलहरुले भूकम्पले पु¥याएको क्षेति, पुननिर्माणका विषयमा बोले पनि पीडितलाई राहत र क्षेतिका कुरा गरे पनि पूर्व तयारी, सतर्कताका सम्बन्धमा के गर्ने हो ठोस रुपमा समावेश गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्