कांग्रेसको जित देशको विकास र जनताको समृद्धिका लागि आवश्यक: नेता सिंह

 

काठमाडौं, कार्तिक २३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा संकट पर्दा निकास दिन सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्वार रहेका सिंहले आज आफ्नै निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभामा बोल्दै कांग्रेसको जित देशको विकास र जनताको समृद्धिका लागि आवश्यक रहेको बताए।

कांग्रेसले परिवर्तनको नेतृत्व मात्रै गरेको नभई सबै राजनीतिक शक्तिहरुलाई समन्वय गर्नसक्ने पार्टी पनि हो भन्ने कुरा पटक पटक पुष्टि गरेर देखाइसकेको सिंहले बताए। देशमा राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कांग्रेसलाई मत दिनुपर्नेमा उनको भनाई थियो।

जेजति उपलब्धि हासिल भएन यिनको संरक्षण गरि समृद्धिको अभियानको नेतृत्व गर्ने संकल्पका साथ कांग्रेस जनता माझ आएको भन्दै सिंहले भने, ुचुनावी अभियानका क्रममा मिठा नारामा नअल्मलि जिम्मेवार र भरपर्दो राजनीति दल र नेता चुन्न म यहाँहरूलाई अपिल गर्छु।ु संसदीय निर्वाचनको महत्व काठमाडौं १ का मतदाताले राम्रोसँग बुझेका छन् भन्दै सिंहले लोकतन्त्र र स्थायीत्वको वकालत गरिरहेको कांग्रेसका पक्षमा मतदान गर्नेमा आफू ढुक्क भएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्