मन्त्रिपरिषद बैठक बस्दैः यी हुन् एजेण्डा !

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसाे ४ बजे बस्नेगरि बैठक बोलाइएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयगत संरचना कस्तो हुने भन्नेबारेमा तयार गरिएको प्रतिबेदनमाथि छलफल हुने कार्यसूची रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै बैठकमा गृहमन्त्रालयले तयार गरको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्तावमाथि छलफल गरि स्वीकृत गर्ने तयारी भएको छ । मन्त्रिपरिषदले सो प्रस्ताव स्वीकृत गरेमा सरकारले हाल दिदै आएको २२ वटा सार्वजनिक कटौती हुने छन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली चैत तेस्रो साता हुने भारत भ्रमणलगायत विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्