प्रवक्ता महतको दाबि- संघ र सातै प्रदेशमा सत्ता गठबन्धनको बहुमत आउँछ
काठमाडौं, कार्तिक २३ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने बताएका छन्।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महतले यस्तो दाबि गरेका हुन् ।निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुने बताउँदै केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुने उनले बताए ।
सबै नागरिकलाई जोड्न नेतृत्व गर्ने पार्टी कांग्रेस मात्रै भएको पनि उनले बताए।प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक महतले कांग्रेसले अन्य दलको जस्तो सपना नबाँडी जे बोल्ने त्यो पूरा गर्ने तर्क गरे।
पछाडि परेका लक्षित वर्गलाई केन्द्रमा राखेर पार्टीले योजना ल्याएको बताउँदै उनले कोखदेखि शोकसम्म, ज्येष्ठ नागरिक उपचार, सामाजिक सुरक्षा भत्ता ६५ वर्षमा प्राप्त गर्ने कार्यक्रम घोषणापत्रमा ल्याएको पनि दाबी गरे।















प्रतिक्रिया दिनुहोस्