निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार , देउवा प्रधानमन्त्री : प्रवक्ता महत

काठमाडौं, कार्तिक २० । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि आफूहरुकै नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन्।

प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमै नै सरकार बन्ने दाबी गरेका हुन् ।

पार्टीभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने शेरबहादुर देउवा नै भएको भन्र्द उनले अहिले तोड्ने होइन, जोड्ने नेतृत्व आवश्यक रहेको बताए ।

विगतमा संसदमा कम संख्या हुँदा पनि अन्य दलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै उनले निर्वाचनपछि पनि कांग्रेस ठूलो दल हुने भएकाले स्वतः सरकारको नेतृत्व गर्ने बताए।

उनले गठबन्धन दलको स्पष्ट बुहमत आउने समेत दाबी गरे। स्पष्ट म्याण्डेटसहित सरकार गठन भएर अवरुद्ध भएको विकास र समृद्धिको यात्रा अघि बढ्ने उनले बताए

यस्तै एउटा दलको मात्रै बहुमत आउने सम्भावना नभएका कारण गठबन्धन गर्नुपरेको उनको भनाइ थियो। अहिले लक्ष्य र उद्देश्य सबै मिलेकाले ‘परिणाम राम्रो ल्याउने उल्लेख उनले गरे ।

 

प्रतिक्रिया दिनुहोस्