गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ : वर्षमान पुन
काठमाडौं, कार्तिक २० । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन्।
लोकतान्त्रिक वाम गठबन्धनले रोल्पामा गरेको कार्यक्रममा पुनले अहिलेको गठबन्धनले कम्तिमा पाँच वर्ष निरन्तरता पाउने बताएका हुन्।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका कदमका विरूद्धमा गठबन्धन गरिएको बताए।
२०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री ओलीको घमण्ड र अहंकारले ५ वर्ष खेर गएको उनको भनाइ थियो।
उनले ओलीमा निरंकुश चरित्र भएको आरोप समेत लगाउँदै निरंकुशता र व्यक्तिवादको भूत सवार भएको र म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थालेकाले ओलीतन्त्रविरूद्ध यो गठबन्धन बनेको बताए ।
ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको समेत उनले उल्लेख गरे ।















प्रतिक्रिया दिनुहोस्