कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु, देशको एक इन्च जमिन मिचिन दिईने छैन:  ओली

काठमाडौं, कार्तिक १८ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका छन्।

उनले शुक्रबार सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ती क्षेत्र फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन्।ओलीले देशको एक इन्च जमिन मिच्न र मिचिन नदिईने पनि अडान लीएका छन् ।

ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गरे। एमालेको देशव्यापी चुनावी अभियानको दार्चुलाबाट सुरुवात तथा पहिलो चुनावी सम्बोधन गर्दै दार्चुलामा मिचिएको नेपाली भुमि फिर्ता गरिने ग्यारेन्टी पनि उनले गरेका छन्। यो अभियान दार्चुला बाट सुरु हुनुमा राष्ट्रियता र विकास पहिलो प्रमथमिकता रहेको समेत उनले बताए।

पछाडी परेको क्षेत्रको विकासका लागी नेकपा एमाले जहिल्यै पनि जनताको साथमा रहेको बताउदै एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रको मिचिएको भुभाग समेटेर चुच्चे नक्सामा समेटिएको समेत बताए। उनले दार्चुलाको विकास र समस्याका बारेमा आफु जानकार रहेको बताउदै आफू प्रधानमन्त्री हुँदा धेरै कामहरु भएको समेत दाबी गरे।

दार्चुलाको तिंकर सडक निर्माणमा महाकाली नदी तटबन्ध प्राथमिकतामा रहेको उनले सुनाए।उनले आफ्नो कार्यकालमा दार्चुलामा तुइनहरुको स्थानमा झोलुङ्गे पुलहरु बनेको र दार्चुला –धारचुला मोटर पुल छिट्टै निर्माण सुरु गरिने बताए।

आफु पहिलो पटक दार्चुला सदरमुकाम आएको र निर्वाचन पछि एमालेको सरकार बन्ने एक दिन दार्चुलामै बस्नेगरी आउने र तपाइहरु संग फोटो समेत खिचाउने छु भन्दै आफ्ना उम्मेदवारहरुलाई मतदान गरि निर्वाचित गराउनहुन अपील गरे।

प्रतिक्रिया दिनुहोस्