राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजनीतिमा नलागेको १० बर्ष भएको राष्ट्रपति

काठमाडौं, कार्तिक १७ ।  रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्बजनिक गरेको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विहिबार जारी गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री देखि राष्ट्रपति निर्वाचनको नयाँ प्रक्रियाको प्रस्ताव गरेको छ ।

चुनावी ‘वाचापत्र’ नाम दिइएको घोषणापत्रमा केन्द्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव ल्याएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनको लागि नयाँ प्रस्ताव अगाडी सारेको छ । जसमा वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलले राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ ।

साथै राष्ट्रपतिमा निर्वाचित हुन कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको नेपाली बंशज नागरिक हुनुपर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति राष्ट्रिय सभाको स्वतः अध्यक्ष हुने व्यवस्था गर्ने प्रस्ताव ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्