प्रदेश नम्बर ३ बैठक : बलात्कारीलाई मृत्युदण्डको सजाय माग

काठमाडौँ । हेटौँडामा मंगलबारबाट सूरु भएको ३ नम्बर प्रदेशसभाको बैठकमा स्थायी राजधानी तोक्न तथा प्रदेशको नामाकरण गर्न माग गरेका छन् ।

बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले प्रदेशको राजधानी स्थायी बनाउने विषयमा छलफल गर्न ढिलो गर्न नहुने बताए ।

बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र पाण्डेले चाँडोभन्दा चाँडो प्रदेशको राजधानी टुङंगो लगाउनुपर्ने बताए ।

राजधानी नहुँदा स्थायी प्रकृतिका निर्माणका कामहरु गर्न समस्या भएको भन्दै उनले राजधानीको विषयलाई तत्काल टुङगो लगाउन माग गरे ।

अर्का एमाले सांसद रामेश्वर फुँयालले पनि राजधानीको विषय र नामाकरणको विषय अब टुङिगनुपर्ने भन्दै  ढिला गर्न नहुने धारणा राखे ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल काँग्रेसका सांसद बलराम पौडेलले पनि राजधानीको विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।
नयाँ शक्तिका प्रेम तामाङले पनि प्रदेश मुकाम तोक्न माग गरे ।
‘घुम्ती राजधानी’को प्रस्ताव
बैठकमा बोल्दै कांग्रेसकी साँसद जिवना डंगोलले प्रदेश सरकारले राजधानीबारे तीन विकल्प रोज्न सक्ने बताईन् । उनले प्रदेशको राजधानीलाई  एकएक वर्षमा परिवर्तन गर्नेगरि ‘घुम्ती राजधानी’को प्रस्ताव समेत गरिन् ।
राजधानी हुँदैमा विकासको लहर आउँछ भन्ने भ्रम रहेको भन्दै उनले सबै क्षेत्रमा अव समान विकास हुने बताईन् । दोश्रो विकल्पमा उनले विद्यायक राजधानी, न्यायिक राजधानी तथा कार्यपालिका रहेको राजधानी भनेर समेत बनाउन सकिने बताईन् ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले इयुको प्रतिवेदनले देशको गरिमामाथि प्रहार गरेको भन्दै प्रदेश सरकारलाई इयुका विषयमा आफ्नो धारणा बनाउन माग गरे ।
बलात्कारीलाई मृत्युदण्डको माग

प्रदेश नम्बर ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको माग गरिएको छ । शुन्य समयमा बोल्दै प्रदेश सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको माग गरेकी हुन् ।  भनिन् ‘वालिका बलात्कार जस्तो अति अमर्यादित क्रियाकलाप गर्नेलाई मृत्युदण्ड हुनुपर्दछ ।’
उपसभामुख  तामाङसँग जवाफ माग
प्रदेशसभा बैठकमा बोल्ने क्रममा सांसद रिता माझिले संसदमा गाईको विषयमा आफुहरुको ध्यानाकर्षण भएको बताईन् । बैठकमा बोल्दै गाई काटिएको बिषयमा उपसभामुख राधिका तामाङले दिएको भनिएको अभिव्यक्तिका विषयमा चासो ब्यक्त गरेकी हुन ।

उनले भनिन् ‘गाइको मासु विषयमा उपसभामुख तामाङको कुरा साचो हो या होइन भन्ने कुरा प्रष्ट पार्नुपर्दछ । ’उनले यस्ता घटनाले जातिय द्वन्द बनाउने प्रयास हुने भन्दै प्रदेश सरकार यो विषयमा गम्भिर हुनुपर्ने समेत बताईन् । काँग्रेस सांसद वलराम पौडेलले पनि गाईको विषयमा उठेकोे मुद्दा प्रष्टाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्