चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै होः प्रवक्ता महत
काठमाडौं, कार्तिक १६ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चुनापपछि बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने दाबी गरेका छन् ।
उनले सत्ता गठबन्धन दलमा सबैभन्दा ठूलो दल कांग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा नै बन्नेमा कसैले रोक्न नसक्ने जिकिर गरे ।
रिपोर्टर्स क्लब लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले कांग्रेसभित्र पनि देउवा प्रधानमन्त्री बन्ने कुरामा सर्वसम्मत निर्णय हुने दाबी गरे ।
नेता महतले अहिलेको निर्वाचनमा लोकतन्त्र एवं संविधान संरक्षण पक्ष र विपक्ष गठबन्धन भएको भन्दै निर्वाचनमा लोकतन्त्र पक्षधरकै जित हुने पनि दाबी गरे ।
सत्तापक्षीय गठबन्धनमा धेरै दल र धेरै जनमत मात्र नभएर लोकतन्त्र एवं संविधान संरक्षण योजना भएकाले जित सुनिश्चित रहेको उनले बताए ।















प्रतिक्रिया दिनुहोस्