जब बुद्ध एयरको जहाज एकजना यात्रु बोकेर उड्यो…
काठमाडौं, कार्तिक १६ । ७२ जना यात्रु बोक्ने बुद्ध एयरको जहाज एक जना यात्रु लिएर विराटनगर पुगेको छ। काठमाडौंबाट बेलुका ८ बजे उडान भरेको यू ४ ७१७ को जहाजमा व्यवसायी उद्धव पौडेल मात्रै थिए। अहिले सो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
पौडेल राप्रपाको समानुपातिक तर्फ प्रतिनिधिसभाका उम्मेदवार समेत हुन्। राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘एक्लो यात्रुः आज साँझ ८ बजेको बुद्ध एयरको काठमाडौं–विराटनगर उडानमा राप्रपा नेता, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार उद्धव पौडेल एक जना मात्रै यात्रु। रोचक र स्मरणीय यात्रा भएछ उद्धव दाइको। पाइलटले सुनाएछन्, बुद्ध एअरको इतिहासमा पहिलो पटक यस्तो भएको हो। सम्भवतः नेपालको नागरिक उड्डयनको इतिहासमै पहिलो पटक यस्तो भएको हुनुपर्छ।’














प्रतिक्रिया दिनुहोस्