एमालेको चुनावी घोषणापत्र सार्वजनिक: पाँच वर्षमा अर्थतन्त्र १०० खर्बको बनाउने (पूर्णपाठ)

काठमाडौं, कार्तिक १५ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ । घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायत उपस्थित छन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।

त्यस्तै नेकपा एमालेले स्वदेशमै युवालाई रोजगारी दिने योजना अघि सारेको छ। दुई वर्षभित्र सबै स्थानीय तहमा सडकको पहुँच पु¥याउने रणनीति बनाएको छ।

होटल याक एण्ड यतीबाट सार्वजनिक भएको चुनाव घोषणापत्रमा ग्यारेन्टी गर्न सकिने कामहरुको सूची खुलाइएको छ।अध्यक्ष केपी शर्मा ओलीसहित एमाले पदाधिकारी राखेर घोषणापत्र सार्वजनिक भएको हो।

एमालेले पाँच लाख नेपालीलाई रोजगारी दिने र न्यूनतम ज्याला २५ हजार दिने बताएको छ। एमालेले पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ।

समृद्धिसम्मको नाता सबैको बैंक खाता नारा समावेश गर्दै एमालेले २ वर्षमा सबैको बैंक खाता हुने प्रतिबद्धता व्यक्त गरेको छ।

तयस्तै नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने बताएका छन् । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने घोषणा गरेको हो ।

एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्‍याउने र नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्‍याउने पनि घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्