टी२० विश्वकप : अफगानिस्तानमाथि श्रीलंकाको सहज जित

काठमाडौं, कार्तिक १५ ।  अष्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ६ विकेटको सहज जित हात पारेको छ।

मंगलबारको खेलमा जितको लागि अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो।

श्रीलंकालाई जित दिलाउने क्रममा श्रीलंकाका लागि धनञ्जय डि सिल्भाले अविजित ६६ रनको पाली खेले। अफगानिस्तानका लागि रासिद खान र मुजीब उर रहमानले समान २/२ विकेट लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो।

अफगानिस्तानलाई रोक्ने क्रममा वानिन्दु हशरंगा डि सिल्भाले ३ विकेट लिएका थिए।

यससँगै समूह ए मा रहेको श्रीलंकाले ४ खेलबाट ४ अंक हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्