प्रचण्ड भन्छन्- बहुदलपछिका सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुन्छ
काठमाडौं, कार्तिक १४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताएका छन् ।
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा सोमबार घोषणापत्र सार्वजनिक गर्दै उनले आफ्नो पार्टीले बहुदलपछि विशिष्ट पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए ।
‘हाम्रो पार्टीको घोषणापत्रमा बहुदलपछि बनेका प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मुख्यसचिवसहित सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भनेको छ ।
त्यसका लागि माओवादीले नेतृत्व गर्छ,’ उनले भने । प्रचण्डले आफ्नो छोटो समयको प्रधानमन्त्रीत्वकालमा देशमा भ्रष्टाचार नभएको पनि दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्