डेंगी संक्रमितको संख्या ४७ हजार नजिक, ५४ जनाको मृत्यु

काठमाडौं , कार्तिक १४ । यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ४६ हजार ७६८ र मृतकको संख्या ५४ पुगेको हो ।

महाशाखाका अनुसार संक्रमितको संख्या वाग्मती प्रदेशमा ३६ हजार ४४१, प्रदेश–१ मा एक हजार ७९१, मधेस प्रदेशमा ७६५, गण्डकी प्रदेशमा १ हजार ७६६, लुम्बिनी प्रदेशमा ४ हजार ६५६, कर्णालीमा ६६४ र सुदूरपश्चिम प्रदेशमा एक हजार १८५ छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा धेरै २६ हजार ८२८ जना संक्रमित भएका छन् ।

६ जनामा मात्रै देखियो कोरोना

पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
८८७ वटा नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्