निर्वाचन आयोगले छाप्यो २ करोड ३६ लाख मतपत्र

काठमाडौं, कार्तिक १३ ।  निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)का लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार मतपत्रको छपाई सम्पन्न गरेको छ।

प्रदेश सभातर्फ प्रत्यक्षका १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छापिएको आयोजले जानकारी दिएको हो। हालसम्म कूल २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापिएका छन्।

कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ।

यसैगरी, यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र पनि चाँडै ढुवानी गरिने आयोगले जानकारी दिएको छ।

यी जिल्लामा निर्वाचन गराउन खटिने कर्मचारीका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्