अबको प्रधानमन्त्री प्रचण्ड हो र पाँच वर्ष सरकार पनि गठबन्धनले नै चलाउँछ : भट्टराई

काठमाडौं, कार्तिक १३ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।

गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुगेका भट्टराईले यस्तो बताएका हुन् ।गठबन्धनको सरकार पाँच वर्ष चल्ने र अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुने उनले बताए ।

‘प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो,’ उनले भने, ‘अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो ।’

यस्तै, प्रदेशसभामा कांग्रेसका सुरेन्द्रराज पाण्डे उठेको र उनको जित हुने उनले बताए । अबको मुख्यमन्त्रीमा पाण्डेको सम्भावना रहेको पनि उनले बताए ।

माओवादी अध्यक्ष दाहाल प्रतिनिधिसभा र कांग्रेसका पाण्डे प्रदेशसभा सदस्यमा गोरखा २ बाट आगामी मंसिर ४ मा निर्वाचनमा उठेका छन् ।

त्यस्तै ०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको उनले स्मरण गराए ।

आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्