नवलपुर बस दुर्घटना: मृतक ५ जना र घाइते सबैको सनाखत (नामावलीसहित)

काठमाडौं, कार्तिक १४ ।  पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आइतबार बिहान ४ बजे नवलपुरको बुलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको थियो।

सो बसमा सवार चालक र सहचालकसहित ३० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।मनकानमना दर्शन गर्न गएका दर्शालु बोकेको बस दुर्घटना भएको थियो।

पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको विवरण अनुसार दुर्घटनामा परेर रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझीको मृत्यु भएको हो। ५ जनाकै घटनास्थलमा मृत्यु भएको थियो।

यी हुन दुर्घटनामा घाइते भएकाहरुः

४) रम्भा-१ का वर्ष १० को कृष्ण केवट

५) रम्भा-१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम

६) रम्भा-१ बस्ने बस्ने वर्ष २० का रामबहादुर बि.क., टाउकोमा चोट।

७) रम्भा-१ बस्ने वर्ष २१ को रिता बि.क.

८) रम्भा-१ बस्ने वर्ष २५ का कासीराम बि.क.

९) रम्भा-१ बस्ने वर्ष २० का बिशाल बि.क.

१०) रम्भा-१ बस्ने वर्ष १ की आइसा बि.क.

११) रम्भा-१ बस्ने वर्ष १६ काअविनाश बि.क.

१२) रम्भा-१ बस्ने वर्ष ७ की पुष्पा बि.क.

१३) रम्भा-१ बस्ने वर्ष ४७ का मेघनाथ बि.क

१४) स्याङ्जा बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना

१५) स्याङ्जा बेलचौर-९ बस्ने वर्ष ३ का रविन राना

१६) पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बि.क.

१७) रम्भा-१ बस्ने वर्ष १५ की रिमा बि.क.

१८) रम्भा-१ बस्ने वर्ष ३२ की सन्जु सुनार

१९) रम्भा-१ बस्ने वर्ष ३८ को प्रेम ब.सुनार

२०) रम्भा-१बस्ने वर्ष २० को आषिश सुनार

२१) रम्भा-१ बस्ने वर्ष २० को बिजय बि.क.

२२) रम्भा-१ बस्ने वर्ष ३६ की माया बि.क.

२३) स्याङजा गल्याङ-८ बस्ने वर्ष ३५ को मनोजकुमार बि.क.

२४) गल्याङ- ९ बस्ने वर्ष ३० की सरिता माझी

२५) गल्याङ-८ बस्ने वर्ष ३० की उमाकुमारी बि.क.

२६) गल्याङ- ९ बस्ने वर्ष ३१ को रामु राना

२७) पाल्पा रम्भा-१ बस्ने वर्ष १२ की अस्मिता सुनार

२८) रम्भा-१ बस्ने वर्ष ४७ को ओमबहादुर बि.क.

२९) रम्भा-१ बस्ने वर्ष सेती बि.क.

३०) रम्भा-१ बस्ने ४८ को शिव कुमारी बि.क.ढाडमा चोट,मध्यम।

प्रतिक्रिया दिनुहोस्