पल शाहले कारागारमै लगाए भाइटीका

काठमाडौं, कार्तिक ११ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्।

यौन दुरुपयोग गरेको आरोपमा २ वर्ष ६ महिना सजाय पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए।

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा २ वर्ष ६ महिना कैद सुनाएको थियो। साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ।

तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ।

प्रतिक्रिया दिनुहोस्