कांग्रेसको घोषणापत्र रोकियो , अब तिहारपछि सार्वजनिक गरिने

काठमाडौं, कार्तिक ७ ।  नेपाली कांग्रेसको घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक हुने भएको छ। छपाइ नसकिएकाले आगामी मंसिर ४ को चुनावका लागि घोषणापत्र सार्वजनिक हुन ढिलाइ भएको हो।

यसअघि कांग्रेसले सोमबार बिहान साढे १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो। तर, अन्तिम समयमा केन्द्रीय कार्यालयले सूचना जारी गरेर घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको थियो।

अब कांग्रेसले भाइटीकाको भोलिपल्ट घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसले घोषणपत्रलाई संकल्प पत्र भनेको छ।

घोषणापत्र लेख्नका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४२ सदस्यीय ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको छ।

घोषणापत्र तयारी समितिमा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे र जीवन परियार सदस्य छन्।

यस्तै केन्द्रीय सदस्यहरु मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, प्रा.डा. गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र र नानु बाँस्तोलालाई पनि घोषणापत्र तयारी समितिमा सदस्य राखिएको छ।

कांग्रेसले घोषणापत्र तयारी समितिमा अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरी, बिष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा. स्वर्णीम वाग्ले, डा। सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल र प्रमोदहरी गुरागाईंलाई सदस्य राखेको छ।

यस्तै डा. अञ्जनी झा, इञ्जिनियर अभिमन्युलाल सिंह, इञ्जिनियर तथा डा। हरि दर्लामी मगर, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारु, भोजराज श्रेष्ठ, प्रताप पौडेल, डा. बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, डा। कृष्ण पौडेल, दीपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रीति मण्डल, चलचित्र निर्देशक मीन भाम, क्रिकेटर विनोद दास, सुमित खरेल र पहिलो पटक मतदान गर्न लागेका युवा विकल राई पनि कांग्रेसको घोषणापत्र लेखन समिति सदस्य छन्।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई समितिमा सदस्य सचिव राखिएको छ। समितिले मिडिया संयोजनका लागि सहमहामन्त्री परियारलाई प्रवक्ता नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्