जिनपिङ तेस्रो पटक बने चीनको राष्ट्रपति !

काठमाडौँ , कार्तिक ६ । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएसँगै उनी तेस्रो पटक चीनको राष्ट्रपति बनेका हुन् ।

सी जिनपिङ पार्टीको महासचिवमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।

एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनले अहिले माओत्सेतुङसँग बराबरी गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि तेस्रो पटक कुनै नेता सत्तामा आउन सकेको थिएन ।सी चिनफिङले पार्टीको महासचिवमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् ।

सी जिनपिङसहित स्थायी कमिटीमा ७ जना रहेका छन् । जसमा ली छ्याङ, शाओ लेजी, वाङ हुनिङ, काई के डिङ शे क्षियाङ र ली सी रहेका छन् । जसमध्ये ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । उनले ली खछ्याङलाई प्रतिस्थापन गरेका छन् । दुई कार्यकाल प्रधानमन्त्री बनेका खछ्याङ पार्टीको स्थायी कमिटीबाट पनि बाहिरिएका छन् ।

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढने बताए ।

प्रतिक्रिया दिनुहोस्