काठमाडौँ महानगरले आमाबुवा दुवै गुमाएका बालबालिका र युवायुवतीलाई भत्ता दिने
काठमाडौं, कार्तिक ४ । काठमाडौँ महानगरले आमाबुवा दुवै गुमाएका बालबालिका र युवायुवतीलाई भत्ता दिने भएको छ ।
आमाबुवा दुवै गुमाएका बालबालिका तथा युवायुवतीलाई काठमाडौँ महानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा पोषणको व्यवस्था गर्ने भएको हो ।
महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरू तथा अभिभावकको मृत्यु भइ अरुको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य तथा पोषणको मासिकवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको महानगरको सामाजिक विभागले जनाएको छ ।
महानगरले जारी गरेको सूचनामा उल्लेख छ,’ महानगरपालिकामा बसोबास गर्ने बाबु आमाविहिन बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गर्ने वडा कार्यालयमा आवश्यक कागजातसहित ३० दिन भित्रमा सम्पर्क गर्नुपर्ने छ ।‘
यो पनि
















प्रतिक्रिया दिनुहोस्