सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गर्दै आएका छन्: गृहमन्त्री

काठमाडौं, कािर्तक ३ । गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गर्दै आएको बताएका छन् ।

रुपन्देहीमा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै खाणले यस्तो बताएका हुन् । उनले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको समेत बताए ।

उनले सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको उल्लखे गरे ।

उनले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधैँ उच्च सम्मान गर्दै आएको पनि जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्