डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघ्यो, ४२ हजार बढी संक्रमित
काठमाडौं , कार्तिक ३ । यसवर्ष साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा।गोकर्ण दाहालका अनुसार कात्तिक २ गतेसम्म संक्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।
डेंगु संक्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।
डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्