ओलीले जनतासँग टेलिफोनमा कुरा गर्ने, १ लाख १३ हजार ४७७ जनाले टिपाए नाम र नम्बर

काठमाडौं, कार्तिक २ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्।

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले धेरैको नाम र नम्बर आएको हुँदा नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरिएको बताए।

उनले मंगलबार फेसबुक मार्फत ‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने बताएका थिए।

अध्यक्ष ओलीले जनताको उत्साहपूर्ण सहभागिताले आफू खुसी भएको बताए।

प्रतिक्रिया दिनुहोस्