डेङ्गुबाट ४८ जनाको मृत्यु, ७७ जिल्लामै फैलियो

काठमाडौँ, असोज ३१ । हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

यसैबीचपछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दुई हजार दुई सय ८७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख एक सय ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्