सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं , असोज ३१ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो ।

आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनप्रेम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

त्यस्तै उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको नि पोखरेलले बताए ।

यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्