तिहार लागेर फूल फुलेको हो की फूल फुलेर तिहार लागेको हो ? (फोटो फिचर)
काठमाडौं, असोज ३१ । दशैँ सकिएलगत्तै उज्यालो पर्व तिहार नजिकिँदै छ । तिहारलाई ‘दिपावली’ पनि भनिन्छ । त्यो यसकारण कि यस पर्वमा घर, मन्दिर, चोक, चौतारी सबैलाई दिप बालेर सिँगारिन्छ ।
चारैतिर उज्यालो र उमङ्ग छरिन्छ । माटाको पालामा दियो बालेर होस् या मैनबत्ती बालेर या त झिलिमिली बत्तीको प्रयोग गरेर घर, आँगन उज्याला बनाइन्छन् । तिहार नजिकिएसँगै अहिले देशभर मखमली र सयपत्री फूलले गाउँघर झकीझाउ भएको छ । तिहार नजिकिएसँगै यसरी ढकमक्क फूल फूलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ ।
त्यसैगरि यता त्यसैगरि यता भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फुलेका मखमली र सयपत्री फूल हामी तस्बिरमा देख्न सक्छौं ।
भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् ।
यद्यपि, भारतीय बजारबाट सस्तोमा फूल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।
हरौं केहि तस्बिरहरु:
प्रतिक्रिया दिनुहोस्