कात्तिक १८ गतेभन्दा अघि कोणसभा र आमसभा नगर्न आयोगको चेतावनी, गरे उम्मेदवारी खारेज

काठमाडौं, असोज ३१ । निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ ।गरेको फेला परे त्यस्ता उम्मेदवारको मनोनयन खारेज गरिने चेतावनी दिएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देशमार्फत १८ कात्तिकअघि आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि निर्वाचन प्रचार–प्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पस्ट व्यवस्था रहेको बताए।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ गतेदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताए ।

यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने उहाँले चेतावनी दिए ।

निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको पनि आयुक्त भण्डारीको भनाइ छ ।

यस्तै आयुक्त भण्डारीले अहिले घरदैलोमा जाँदा बढीमा २५ जनासम्मको समूहमा जान सकिने बताउनुभयो । तर घरदैलोमा जाँदा पनि बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने उनले बताए ।

अहिले घरदैलोको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी आइरहेको पनि उहाँले बताए ।

प्रतिक्रिया दिनुहोस्