यो निर्वाचन गठबन्धनका लागि मौका हो : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज ३० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकल पार्टीको बहुमत नआउने भएरै गठबन्धन गर्नुपरेको बताएका छन् ।

काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले गठबन्धन गरेर चुनाव लड्ने संस्कृतिको विकास समेत भएको बताए ।

उनले गठबन्धन गरेर अगाडि बढ्दा लोकतन्त्रको सुरक्षा र देश विकास गर्न पनि सहजता हुने बताए । त्यसैले यो निर्वाचन गठबन्धनका लागि मौका र चुनौती दुवै भएको उनको भनाइ छ ।

‘प्रजातन्त्र र लोकतन्त्रलाई स्थायित्व गर्न गठबन्धन बनेको हो । कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । त्यही भएर पनि गठबन्धन बनाएका हौं,’ उनले भने, ‘मिलेर चुनाव लड्दा लोकतन्त्रको सुरक्षा गर्न पनि सकिन्छ । मिलेर देश विकास गर्न सकिन्छ । यो निर्वाचन गठबन्धनका लागि मौका र चुनौती दुवै छ । यसलाई हामी सामाना गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्