शताब्दी पुरूष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पुल्चोकमा, यस्तो छ अन्तिम श्रद्धाञ्जलीको तालिका
काठमाडौं, असोज ३० । संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालय पुल्चोकमा राखिएको छ ।
जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भए पनि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिका परिसरमा राखिएको हो ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो । डेंगु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।
यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो । ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।
त्यस्तै १२ बजेदेखि १२ः३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२ः३० देखि अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।
त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ । जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्