प्राकृतिक विपदमा परेर यसवर्ष २ सय ३९ जनाको मृत्यु
काठमाडौँ , असोज ३० । यसवर्ष प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको मृत्यु भएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको छ ।
सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ गते नै मनसुन भित्रिएको थियो । यस्तै, अक्टोबर १६ तारिख अर्थात आज बल्ल मनसुन बाहिरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिए ।
यसपालि बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति भएको छ । गएको वैशाख १ गतेदेखि अस्ति शुक्रवारसम्मको तथ्याङ्क अनुसार यसपालि पहिरोका ३ सय १७ घटना भएका छन् । त्यसमा परेर ९४ जनाको ज्यान गएको छ। १८ जना बेपत्ता भएका छन्।
यस्तै, बाढीका कारण १९ जनाको न गएको छ भने १५ जना बेपत्ता भएका छन् । ठूलो वर्षामा परेर ८ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस्तै, यो अवधिमा परेको चट्याङ लागेर ८० जनाको मृत्यु भएको छ । आगलागीका परेर २७ जनाको मृत्यु भएको छ । यस्तै, हुरीबतासका कारण ९ र हिमपहिरोमा परेर २ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ ।














प्रतिक्रिया दिनुहोस्