सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि अस्पलतालमै राखिने
काठमाडौं , असोज ३० । शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ ।
१०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको थियो । किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अध्यन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ ।
जोशीले यसअघि नै आफ्नो शरीर नजलाई अध्ययनका लागि राख्न भनेका थिए ।पारिवारिक स्रोतले दिएको जानकारीअनुसार जोशीका दुई छोराले नै बुबाको इच्छाअनुसार शरीर दान गर्ने बताएका थिए ।
शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।
विसं १९७७ वैशाख ३० गते जन्मिएका जोशीको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । उनका दुई छोरा रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्