शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
असोज, काठमाडौं । शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष जोशीको आज बिहान ७ बजेर ९बजे निधन भएको जोशी परिवारसँग निकट स्रोतले जनाएको छ ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
उपचारकै सिलसिलामा आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको प्रसाईंले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्