स्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भिर
काठमाडौ., २७ असोज । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा।डा। सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाएका छन् ।
उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, ुसमग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ ।ु जोशीको उपचारका प्रा। डा। मिलेशजंग सिजापतिको संयुक्त नेतृत्वमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।
१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष ९आईसीयू०मा राखेर उपचार भइरहेको छ ।
अस्पतालका स्रोत अनुसार विगत २० दिनदेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था जटिल छ । जोशीलाई बिहीबार धेरै नै अक्सिजन दिनुपरेको भएपनि शुक्रबार त्यसमा केही सुधार देखिएको छ । यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ । उनको हालको मुख्य समस्या नै ुस्याचुरेनु ९शरीरमा अक्सिजनको मात्रा० शरिरको आवश्यकता अनुसार कायम नहुनु देखिएको छ ।
अस्पताले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा उनलाई ३० लिटर प्रतिमिनेटको दरमा अक्सिजन दिइएको जनाएको थियो । पछिल्लो विज्ञप्तिमा भने ५ लिटर प्रतिमिनेटका दरले अक्सिजन दिइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्