एमालेका ५ बागी उम्मेदवार पार्टीबाट निष्काशित
काठमाडौं, असोज २८ । नेकपा एमालेले ५ जना बागी उम्मेदवारलाई पार्टीबाट निष्काशित गरेको छ ।
सुदूरपश्चिम प्रदेशबाट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र रुपमा उम्मेदवारी दिने उनीहरुलाई एमालेले निष्काशित गरेको जनाएको छ ।
निष्काशित हुनेमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल, खेम सुवेदी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउद छन् ।
उनीहरुलाई पार्टीको केन्द्रीय निर्देशन अनुसार सम्बन्धित कमिटीहरुले निष्काशन गरेका हुन् ।सुवेदीले कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै अधिकारीले क्षेत्र नं. १ को प्रदेश सभा (१), हमालले क्षेत्र नम्बर २ को प्रदेश सभा(१), साउनले क्षेत्र नं. १ को प्रदेश सभा २ र मयालले प्रतिनिधिसभाको क्षेत्रनम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।















प्रतिक्रिया दिनुहोस्